शुभमन गिल आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा उपलब्ध हुने नहुनेबारे उनको थप स्वास्थ्य परीक्षणपछि मात्र टुंगो लाग्ने बताइएको छ।
काठमाडौँ– भारतलाई विश्वकप २०२३ मा अस्ट्रेलियाविरुद्धको आफ्नो उद्घाटन खेलअघि ठूलो झट्का लागेको छ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेका ब्याटर शुभमन गिल डेंगीबाट संक्रमित भएपछि भारतलाई झट्का लागेको हो।
गिलले आइतबार अस्ट्रेलियाविरुद्ध हुने खेल गुमाउनसक्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ।
“चेन्नईमा अवतरण गरेदेखि शुभमनलाई उच्च ज्वरो आएको छ। प्रारम्भिक परीक्षणमा उनमा डेंगी संक्रमण देखिएको छ। शुक्रबार परीक्षण भएपछि उद्घाटन खेलमा उनको सहभागिताबारे थाहा हुनेछ,” बीसीसीआई स्रोतले भन्यो।
गिलले २०२३ मा एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। २० ओडीआई खेलमा एक हजार २३० रन बनाउँदै उनी यस वर्षको लागि यो ढाँचामा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
