नेपाली क्रिकेट टोलीले राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने

प्रशिक्षणका लागि नेपाली टोली शुक्रबार नै भारत जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टोलीले राजस्थान रोयल्सको एकेडेमीमा १० दिन अभ्यास गर्नेछ। 

काठमाडौँ– नेपाली क्रिकेट टोलीले राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने भएको छ। 

आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको तयारीमा रहेको टोलीले भारतको नागपुरस्थित एकेडेमीमा प्रशिक्षण गर्ने भएको हो। 

जसका लागि नेपाली टोली शुक्रबार नै नागपुर जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका अनुसार टोलीले नागपुरमा १० दिन अभ्यास गर्नेछ। 

आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोट कात्तिक १३ देखि २० सम्म मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ।