एरिका गुरुङले स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुलत्सेभासँग प्रतिस्पर्धा गर्दै छिन्
काठमाडौँ– १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत कराँतेमा एरिका गुरुङ फाइनलमा पुगेकी छिन्। उनको यो जितसँगै रजत पदक पक्का भएको छ।
चीनको हान्झाउमा जारी प्रतियोगिता ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई हराउँदै फाइनलमा पुगेकी हुन्। उनले काई होलाई ८–४ ले हराएकी हुन्।
उनले अब स्वर्ण पदकका लागि काजकिस्तानकी खेलाडी सोफ्या बेरुलत्सेभासँग प्रतिस्पर्धा गर्दै छिन्। उनले क्वार्टरफाइनलमा जापानकी युजुकी सवाईलाई पराजित गरेकी थिइन्।
जारी संस्करणमा यसअघि नेपालले एउटा पदक जितेको थियो। कबड्डीबाट नेपालले कांस्य पदक जितेको थियो। एरिकाले फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा दुई पदक पाउने पक्का भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
