शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षालाई मद्दत गर्ने र शिक्षकहरूलाई सुयोग्य बनाउन उपयुक्त र जायज मागहरूमा सरकार सकारात्मक रहेको बताए।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूसँग भएको समझदारी अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर सम्बोधन हुने बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले शिक्षालाई मद्दत गर्ने र शिक्षकहरूलाई सुयोग्य बनाउन उपयुक्त र जायज मागहरूमा सरकार सकारात्मक रहेको बताए। उनले अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
“शिक्षकहरूसँग भएको समझदारी सम्बोधन हुनुपर्छ भनेर माननीयज्यूहरूले राय राख्नुभएको छ। यसमा निश्चय नै उपयुक्त र जायज मागहरूलाई जसले शिक्षालाई मद्दत गर्छ, शिक्षकहरूलाई सुयोग्य बनाउन, सम्मानित बनाउँछ र सही ढंगले क्रियाशील बनाउन मदत गर्छ ती मागमा हामी सकारात्मक रहन्छौँ,” उनले भने, “वार्ताका क्रममा अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकहरूको सबै कुरा पूरा गर्छौं भनेको थियौँ, त्यसमा अहिले पनि प्रतिबद्ध रहेका छौँ।”
मन्त्री राईले विधेयक बनाउने र दर्ता गराउने विषयमा सरोकारवालासँगको छलफलमा कहीँ कतै खाली ठाउँ देखा परेको बताए। उनले विधेयक पास भए ‘बेस्ट एन्ड ब्राइट’ शिक्षक आउने दाबीसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
