१९औँ एशियाली खेलकुदमा सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते। जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भए।
काठमाडौँ– १९औँ एशियाली खेलकुद (एसियाड)को आइतबार समापन भएको छ। तीन वर्षपछि जापानमा भेट्ने वाचासहित हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहबीच एसियाडको समापन गरिएको हो।
विभिन्न प्रस्तुतिसहित बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समापन समारोह २०२६ मा हुने २०औँ संस्करणको आयोजक जापानको आइची नागोयालाई झन्डा हस्तान्तरण गर्दै समापन भएको हो।
ओलम्पिक काउन्सिल अफ एशियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले आईची प्रोफेक्चरका गभर्नर नागोयाका डेपुटी मेयरलाई ओसीएको झन्डा हस्तान्तरण गर्दै १९औँ संस्करणको समापन भएको घोषणा गरे। एशियन गेम्सको सेलेब्रेसनसहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो।
अन्तिममा हान्झाउ एसियाडको मुख्य नाराको रूपमा रहेको ‘हार्टु हार्ट’को प्रस्तुति देखाइएको थियो। २३ सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनफिङले उद्घाटन गरेको १९औँ एसियाड १६ दिन सञ्चालन भएको थियो। अहिलेसम्मकै ठूलो एसियाडको रूपमा रहेको हान्झाउमा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीले ४८१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।
सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते। जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भए। जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यसहित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो।
जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो। भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो। नेपाल एक रजत र एक कांस्य जित्दै संयुक्त रूपमा ३३औँ स्थानमा रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
