शनिबार भारतकाे चेन्नईमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्याे।
काठमाडाैँ– एक दिवसीय विश्वकप क्रिकेटमा भारतले ५ पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ६ विकेटले हराएको छ। शनिबार भारतकाे चेन्नईमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्याे।
भारतका लागि केएल राहुलले अविजित ९७ रनको योगदान गरे। विराट कोहलीले ८५ रनको योगदान गरे। रोहित शर्मा र इशान किशनलाई शून्य रनमा गुमाएर खराब शुरूआत गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए। हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे। श्रेयस एयर पनि शून्य रनमा पोविलियन फर्किए।
शुरूआती ब्याटिङ गरेको अस्ट्रेलिया ३ बल बाँकी छँदै १९९ रनमा अलआउट बन्यो। स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन जाेडे। ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५-१५ रन जोडे। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
भारतका रबिन्द जडेजाले सर्वाधिक ३ तथा कुलदीप यादव र जसप्रीत बुम्राहाले समान २-२ विकेट लिए। यस्तै, मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान १-१ विकेट हात पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
