भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित दर्ता गरेको छ।
सोमबार राति भएको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्स भने पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो।
भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो। नेदरल्यान्ड्सका कोलिन एक्रिमनले ६९ रन बनाए। उनले ७३ बलमा पाँच चौका प्रहार गरे।
कप्तान स्कट एडवार्डसले ३०, शाइव्रान्ड एन्जेलव्रेच्डले २९, तेजा निदाममनरुले २१, बास डी लिडेले १८, म्याक्स ओडाउडले १६, विक्रमजित सिंहले १२ तथा आर्यन दत्तले ११ रन बनाए।
न्युजिल्यान्डका मिचेल शान्टनरले ५, म्याट हेनरीले ३ तथा रचिन रविन्द्रले १ विकेट लिए।
त्यसअघि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। न्युजिल्यान्डका विल योङले सर्वाधिक ७० रनको योगदान दिए। उनले ८० बलमा २ छक्का र ७ चौका हाने।
यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रविन्द्रले ५१ बलमा ३ चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए।
नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले २–२ तथा बास डी लिडेले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
