दशैँतिहार, छठपर्वको आगमनसँगै काठमाडाैँको महाबौद्धमा चहलपहल बढेको छ। चाडपर्वका बेला व्यापार बढ्ने हुँदा भरियालाई पनि भारी बाेक्न अहिले भ्याईनभ्याई छ।
काठमाडाैँ– दशैँतिहार, छठपर्वको आगमनसँगै काठमाडाैँको महाबौद्धमा निकै चहलपहल बढेको छ। कपडाको सानादेखि ठूला होलसेल पसल रहेको व्यापारिक केन्द्र महाबाैद्धमा देशका विभिन्न भागबाट खुद्रा व्यापारीहरू सामान किन्न आउने गर्छन्। चाडपर्वका बेला व्यापार बढ्ने हुँदा भरियालाई पनि भारी बाेक्न अहिले भ्याईनभ्याई छ।

व्यापारीको सामान बोकेर एक ठाँउबाट अर्को ठाँउ पुर्याउनमा भरियाहरू व्यस्त देखिन्छन्। अन्य समयको तुलनामा दशैँतिहारमा काम पनि धेरै हुने र कमाइ पनि राम्रो हुने उनीहरू बताउँछन्।
लगभग २० वर्षदेखि महाबौद्ध क्षेत्रमा ठेलामा सामान बोक्ने रामेछाप घर भएका बासु श्रेष्ठले वीरगञ्जबाट आएको ३ वटा ट्रकको सामान बोकी सकेका छन्। अन्य दिनमा दिनको १०००, १५०० कमाइ गर्ने उनले यस समयमा भने २००० देखि २५०० सम्म कमाइ हुने बताए।

विगत २० वर्षदेखि महाबौद्ध क्षेत्रमा भारी बोक्दै आएका नरबहादुर श्रेष्ठको भने फरक अनुभव रहेको छ। पहिलेको दशैँतिहारको तुलनामा तीन भागको एक भाग पनि काम नभएको उनी बताउँछन्। ठूला व्यापारीहरूले सामान झार्ने गरेको र साना व्यापारीहरूले सामान झार्न नसकेका कारण पहिलेको जस्ताे अहिले काम नभएको उनको भनाइ छ। तर कमाइ भने अन्य दिनको तुलनमा दशैँका बेला बढी नै हुने गरेको उनी बताउँछन्।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
