किसानले अव्यवस्थित रूपमा बनाएको काँचो मल बेचेरै मनग्ये कमाइरहेका छन्, तर यसलाई सुधार गरेर व्यवस्थित तरिकाले जैविक वा गड्यौला मल बनाउन सके मूल्य धेरै आउने र ओसारपसारमा पनि सहज हुने विज्ञ बताउँछन्।
गोली र बमका छर्राले छिद्र बनाएको ‘शान्ति स्तम्भ’लाई बेनी नगरपालिकाले आफ्नो कार्यालय परिसरमा राखेको छ। बेनी घुम्न जानेका लागि ‘पर्यटकीय’ बनेको यही खम्बाले बेनीबासीलाई २२ वर्षअघिको रात सम्झाइरहन्छ।
महावीर सधैँ खुट्टामा साधारण चप्पल र कालो हाफ पाइन्ट लगाएर कलेज जान्थे। अभावलाई लुकाउन नखोज्ने उनको त्यो सादगी र विद्रोही हुलियाले सबैको आँखा उनीमाथि ठोकिन्थ्यो।
मुस्ताङ, मनाङ, म्याग्दीलगायत जिल्लामा पानीका मूल सुक्ने, अन्नबाली र फलफूल उत्पादन माथिल्लो भेगतिर सर्नेलगायत जलवायुसम्बन्धी अनेक समस्या छन्। तर उम्मेदवारको प्राथमिकतामा भौतिक संरचना विकास मात्र पर्छन्।
तल्लो क्षेत्रका मात्र उम्मेदवार हुने मुस्ताङमा यसपटक उपल्लो क्षेत्रबाट एमालेका इन्द्रधारा विष्ट खडा भएका छन्। कांग्रेस उम्मेदवार योगेश गौचनसहित बाँकी उम्मेदवार तल्लो मुस्ताङका छन्।
राजनीतिमा महावीर पुनको अप्रत्याशित ‘इन्ट्री’ले म्याग्दीको परम्परागत चुनावी समीकरणलाई मात्र खलबल्याएको छैन, वर्षौंदेखि दलीय आधारमा बाँडिएका मतदातालाई समेत दोधारमा पारिदिएको छ।
विकासको नाममा डोजरले जथाभाबी पहाड खनेर मौलिक गोरेटो र घोडेटोहरू मासिएपछि अहिले गाउँ–गाउँमा खेतबारी जाने बाटोलाई समेत पदमार्गको नयाँ ‘ट्याग’ भिराएर बजेट सिध्याउने होडबाजी चलेको छ।
महावीर पुनले सरकार र कर्मचारीले असहयोग गरेपछि राजीनामा दिएको र रिसको झोँकमा उम्मेदवारी दिएको बताएका छन्। माघ ४ मै राजीनामा दिए पनि आफ्नै अनुरोधमा सार्वजनिक नगरिएको पनि उनले बताए।
मुस्ताङमा गाडी पसेको दुई दशक भयो, अहिले उत्तरी नाका कोरलासम्मै सवारीसाधनमा जान सकिन्छ। गाडी पुगेसँगै मुस्ताङीको भान्सामा पाक्ने परिकार र लगाउने पोसाक मात्र होइन, पेसा पनि फेरिँदैछ।
पछिल्लो समय ‘हाइकिङ’ र ‘ट्रेकिङ’को चलन बढिरहँदा पदमार्ग र पर्यटकीय गन्तव्यहरू ‘प्लास्टिक ट्रेल’ बन्ने जोखिममा छन्। अन्नपूर्ण पदमार्ग र मुस्ताङमा बढेको फोहोरले यसैको संकेत गर्छ।
बसाइँ सर्नेले छाडेका रित्ता घर उजाड छन्, आँगनमा झाडी छ। खेतबारी बाँझै छन्। गाउँमै बसेकाले कृषि मजदुर पाउँदैनन्। विद्यार्थी नभएर विद्यालय धमाधम मर्ज गरिँदै छ।
मेयर सुरत केसीका अनुसार भौगोलिक रूपमै साँघुरो शहर बेनीका लागि कडा कानूनी प्रावधानले ल्यान्डफिल साइट पाउनै मुस्किल बनाएको छ। संघ, प्रदेश र यूएनडीपीले समेत रकम सुनिश्चित गर्छन्, तर जग्गा नपाउँदा र खर्च गर्न सक्दा बजेट फिर्ता हुने गरेको छ।
म्याग्दीका रैथाने उत्पादनलाई युरोप, अमेरिका, जापान र कोरिया लगायतका देशमा रहेका नेपाली उपभोक्तासम्म पुर्याउन विभिन्न देशमा स्थापित व्यवसायीहरूले जिल्लामै संकलन केन्द्र स्थापना गरेका छन्।
हिउँदको पारिलो घामसँगै उत्तरबाट चल्ने फाङ्मर सुकुटी सुकाउने मुस्ताङको परम्परा हो। कात्तिक र मंसिरका दुई महिना वर्षदिन पुग्नेगरी सुकुटी सुकाइन्छ।
बढ्दो तापक्रम, घट्दो हिमपात र बेमौसमी वर्षाजस्ता जलवायु संकटले गर्दा वृष्टिछाया क्षेत्र मुस्ताङको संवेदनशील भूगोल, रैथाने कृषि, पशुपालन र सांस्कृतिक सभ्यतामाथि नै चुनौती थपिएको छ।
दशैँअघिबाटै पर्यटक धमाधम पुग्न थालेको मुस्ताङमा भाइटीकापछि दुई दिनमै १० हजार पर्यटक भित्रिए। प्रशासनले बासस्थानबारे सचेत गराउँदा पनि पर्यटक रोकिएनन्, त्यही बेला हिमपात परेपछि सास्ती भएको छ।
हिउँदका चार महिना बाक्लो हिमपात हुन्छ भने, वर्षामा म्याग्दीबाट जोमसोम पुग्ने खण्डको धेरै ठाउँमा पहिरोले सडक अवरोध गर्छ। त्यति मात्र नभई, नाकाको नेपालतर्फ भौतिक संरचना पनि बनाइएका छैनन्।
दशैँमा शहरबासीका लागि च्यांग्राको मासुको स्वाद ‘ब्रान्ड’ बनेको छ। दशैँमा मुस्ताङबाट शहर झारिँदै गरिएका च्यांग्राका हुल देखिन्छ। तिनको जीवनचक्र भने हिमाली क्षेत्रको मौसमी परिवर्तनले प्रभावित भइरहेको छ।