एशियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कांस्य पदक जितेको छ।
काठमाडौँ– चीनमा सम्पन्न १९औँ एशियाली खेलकुद (एशियाड)मा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ। हान्झाउ शहरमा सम्पन्न एशियाडमा सहभागी नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको हो।
विजयी कराँते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराँते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्यसचिव युवराज लामा लगायतका पदाधिकारी विमानस्थल पुगेका थिए। नेपालले यसपटक एशियाडमा १ रजत र १ कांस्य पदक जितेको थियो।
खेलाडीहरूको सम्मानमा गर्ने भनिएको र्याली भने राष्ट्रिय शोकका कारण स्थगित भएको छ। इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेका कारणले र्याली स्थगित गरिएको हो।
त्रिपरेश्वरस्थित राखेप परिसरमा पदक विजेता खेलाडीको सम्मान कार्यक्रम हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। यसपटक कराँतेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कराँते खेलाडी एरिका गुरुङले आगामी दिनमा यसभन्दा माथि जानका लागि लिग र अन्य फरक–फरक खेलहरूमा सहभागिता जनाउँदै आफूलाई अब्बल बनाउनुपर्ने आवश्यकता रहेको बताइन्। उनले आगामी दिनमा झनै राम्रो गर्दै जाने प्रतिबद्धता जनाइन्।
अहिलेसम्म नेपालले एशियाडमा ३ रजत र २३ कांस्य पदक जितेको छ। यसपटक एसियाडमा नेपालले २९ खेलमा २५३ खेलाडीले भाग लिएका थिए। सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक यसै पटक जितेको थियो। त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्।
नेपालले १८औँ संस्करणमा प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको छ। सन् २००६ पछि पहिलोपटक नेपालले एकभन्दा बढी पदक जितेको छ। सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कांस्य पदक जितेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
