काभा पुरुष भलिबल : दोस्रो खेलमा नेपाल श्रीलंकासँग पराजित

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।

काठमाडौँ– काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल आयोजक श्रीलंकासँग ३–० सेटले पराजित भएको हो।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नेपालले २६–२४ ले गुमाएको थियो। त्यसपछिका दुई सेटमा भने नेपालले श्रीलंकालाई चुनौती दिन सकेन। त्यसपछिका दुई सेट नेपालले २५–१८ र २८–१६ ले पराजित भयो। 

जारी प्रतियोगिता नेपालको यो पहिलो पराजय हो। नेपालले आइतबार भएको पहिलो खेलमा बंगलादेशलाई ३–१ सेटमा पराजित  गरेको थियो।

नेपालले पहिलो सेट २५–२० ले जितेको थियो। तर, दोस्रो सेट भने नेपालले १९–२५ ले गुमाएको थियो। तेस्रो र चौथो सेटमा २५–२३ र २५–२१ को जित  निकाल्दै नेपालले प्रतियोगितामा विजयी शुरूआत गरेको थियो।

पाँच वर्षपछि नेपालले बंगलादेशमाथि हासिल गरेको हो। नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।