इंग्ल्यान्डले एक दिवसीय विश्वकपमा बंगलादेशलाई पराजित गरेको छ। इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।
काठमाडौँ– डेभिड मलानको शतकप्रेरित इंग्ल्यान्डले एक दिवसीय विश्वकपमा बंगलादेशलाई पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा इंग्ल्यान्डले बंगलादेशलाई १३७ रनले पराजित गरेको हो। इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।
बंगलादेशका लागि लिटोन दासले सर्वाधिक ७६ रन बनाए। उनले ६६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। मुशफिकुर रहिमले ६४ बलमा ४ चौकासहित ५१ रन बनाए। यस्तै, तौहिद हरिदीले ३९ रन बनाउँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। महेदी हसन १४, तस्किन अहमद १५ र शोरिफुल इस्लाम १२ रनमा आउट भए।
इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक ४ विकेट लिए। क्रिस वोक्सले २ विकेट लिँदा साम करन, मार्क वुड, आदिल राशिद र लियाम लिभिङस्टोनको नाममा १/१ विकेट रह्यो।
त्यसअघि धर्मशाला इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६४ रन बनाएको थियो। यो धर्मशालामा बनेको अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि धर्मशालामा भारतीय टोलीले वेस्ट इन्डिजविरुद्ध सर्वाधिक ३३० रनको इनिङ्स खेलेको थियो।
इंग्ल्यान्डका लागि डेभिड मलानले १४० रन प्रहार गरे। १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। योसँगै धर्मशालामा उनी व्यक्तिगत रूपमा उच्च स्कोर बनाउने खेलाडी बने। यसअघि धर्मशाला रंगशालामा तीन खेलाडीले शतक प्रहार गरेका थिए।
२७ जनवरी २०१३ मा इंग्ल्यान्डका ब्याट्सम्यान इयान बेलले १४३ बलमा ११३ रनको अविजित इनिङ्स खेले। त्यस्तै, १७ अक्टोबर २०१४ मा भारतीय ब्याट्सम्यान विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध ११४ बलमा १२७ रन बनाएका थिए। सोही खेलमा वेस्ट इन्डिजका मार्लोन स्यामुएल्सले १०३ बलमा ११२ रन बनाएका थिए।
बंगलादेशविरुद्ध जो रूटले ६८ बलमा ८ चौका र १ छक्कासहित ८२ रन बनाए। ओपनर जोनी बेयरस्टोले ५९ बलमा ८ चौकासहित ५२ रन जोडे।
कप्तान जस बटलर २०, ह्यारी ब्रुक २०, किस वोक्स १४, आदिल राशिद ११, साम करन ११ रनमा आउट हुँदा लियाम लिभिङस्टोन गोल्डेन डक आउट भए।
मार्क वुड ६ र रिस टोप्ली १ रनमा अविजित रहे। बंगलादेशका महेदी हसनले सर्वाधिक ४ विकेट लिए। यता, शोरिफुल इस्लामले ३ विकेट लिँदा शाकिब अल हसन र तस्किन अहमदको हातमा १/१ विकेट रह्यो।
पहिलो खेलमा इंग्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो। बंगलादेशले भने अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। इंग्ल्यान्डले तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ। बंगलादेशले भने न्युजिल्यान्डसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
