मुख्य प्रशिक्षक एनिसले टिममा नयाँ र उर्जवान खेलाडी रहेको बताएका छन्। उनले टोली राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट शतप्रतिशत दिने बताए। खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुने छ।
काठमाडौँ– लाओसविरुद्धको विश्वकप छनोटअन्तर्गत पहिलो लेगका लागि अन्तिम टोली घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अन्तिम टोली घोषणा गरेका छन्। गोलरक्षक किरणकुमार चेम्जोङ र दीप कार्कीले निरन्तरता पाएका छन्। अभिषेक बरालले टोलीमा पहिलोपटक स्थान बनाएका छन्। डिफेन्डर सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ र रोहित चन्दले पनि टोलीमा निरन्तरता पाएका छन्।

गत सिजन चर्च ब्वाइज युनाइटेडबाट ‘ए’ डिभिजन लिग खेलेका मिडफिल्डर एरिक विष्ट पनि टोलीमा रहेका छन्। डिफेन्डर अन्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठले टोलीमा स्थान पाएका छन्। मिडफिल्डर सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु र मनिष डाँगीले निरन्तरता पाएका छन्।
फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन्। गत सिजन न्यूरोड टिम (एनआरटी)बाट ‘ए’ डिभिजन लिग खेलेका फरवार्ड सञ्जीव विष्टले पहिलोपटक टोलीमा स्थान बनाएका छन्।
मुख्य प्रशिक्षक एनिसले टिममा नयाँ र उर्जवान खेलाडी रहेको बताएका छन्। उनले टोली राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट शतप्रतिशत दिने बताए। ‘‘यो मेरो पहिलो विश्वकप छनोट खेल हो। त्यसैले यसलाई अवसरको रूपमा लिएको छु। टोलीमा युवा खेलाडी छन्। उनीहरू खेल तयार पनि छन्,’’ उनले भने।

नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग खेल्ने छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ। दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
