खेल अक्टोबर १८ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ।
काठमाडाैँ– नेपालले घरेलु मैदानमा यूएई र हङकङसँग खेल्ने टी–२०आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्ने छ। खेल अक्टोबर १८ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ।
नेपाले दोस्रो खेल सोही मैदानमा अक्टोबर १९ मा हङकङसँग खेल्ने छ। खेल बिहान ११ बजे शुरू हुने छ। नेपालले तेस्रो खेल हङकङसँग अक्टोबर २१ मा मुलपानीमै खेल्ने छ। उक्त खेल बिहान ११ बजे शुरू हुने छ।
यस्तै, नेपालले अन्तिम खेल अक्टोबर २३ मा यूएईसँग खेल्ने छ। मुलपानीमै हुने खेल बिहान ११ बजे शुरू हुने छ। एकअर्काविरुद्ध २–२ खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। फाइनल खेल अक्टोबर २७ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे शुरू हुने छ।
नेपालले आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको तयारीस्वरूप यूएई र हङकङसँग सिरिज खेल खेल्न लागेको हो। नेपाली टोली हाल नागपुरमा अभ्यास गरिरहेको छ। एशिया क्षेत्र छनोट काठमाडौँमा आयोजना हुनेछ। फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
