अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। कप्तान रोहित शर्माले कीर्तिमानी शतक कायम गरे।
काठमाडाैँ– आईसीसी विश्वकप त्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराउँदै जित हात पारेको हो।
अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। कप्तान रोहित शर्माले कीर्तिमानी शतक कायम गरे। रोहित र इशान किशनले बलियो शुरुआत गरेका थिए।
इशान किशन ४७ बलमा ४७ रन बनाएर आउट भए। कप्तान रोहितले भने शतकीय पारी खेले। उनले ८४ बलमा ५ छक्का र १६ चौकासहित १३१ रन बनाए। उनले मात्र ६३ बलमा शतक पूरा गरेका थिए। जुन विश्वकपमा भारतका लागि सबैभन्दा चाँडो हो। यसअघि सन् २००७ को विश्वकपमा वीरेन्द्र सहवागले ८१ बलमा शतक बनाएका थिए।
रोहित आउट भएपछि विराट कोहलीले नटआउट रहँदै ५५ रन बनाए भने श्रेयस ऐयरले पनि ४७ रन बनाउँदै नट आउट रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७२ रहन बनाएको थियो। अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहिदीले सर्वाधिक ८० रनको पारि खेल्दा अज्मतुल्लाह ओमरजाइले ६२ रनको पारि खेले।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
