एसीसी यू–१९ प्रिमियर कप: इरानविरुद्ध देव खनालको शतक

नेपालका दीपक बोहराले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। 

काठमाडौँ– इरानमा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालका कप्तान देव खनालले इरानविरुद्ध शतक हानेका छन्।

उनले ५९ बलमा १२ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। 

मलेसियाको वाईएसडी युकेएम ओभल बांगीमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालले २२ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै २०५ रन बनाएको छ। नेपालका दीपक बोहराले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। 

कप्तान देवको यू–१९ मा यो दोस्रो शतक हो। यसअघि उनले गत फागुमा आईसीसी यू–१९ विश्वकप एशिया क्षेत्र छनोटमा कुवेतविरुद्ध शतक हानेका थिए।