विश्वकप छनोट : नेपालविरुद्ध लाओसलाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले १ गोलको अग्रता बनाएको छ।

काठमाडाैँ– विश्वकप छनोटअन्तर्गत पहिलो लेगमा घरेलु टोली नेपाल र लाओसविरुद्धको खेल जारी रहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले अग्रता लिएको छ। खेलको ३२औँ मिनेटमा लाओसले अग्रता लियो। आवास लामिछानेले ब्याक पास दिँदा लाओसका चोन्य वेनपसेर्थको खुट्टामा बल पुगेको थियो। उक्त बललाई उनले डिबक्सनजिक रहेका कप्तान बाउनफचान बाउन्कोङ्सलाई पास दिएका थिए। नेपाली डिफेन्डर रोहित चन्द र अनन्त तामाङले रोक्न नसकेपछि उनले फस्ट बारमा ठोकाउँदै बललाई जाली चुमाए।

३९औँ मिनेटमा आवासले दिएको बल जेलेस्पीजंग कार्कीको खुट्टामा नपुग्दै पहिलो बार नजिकबाट लाओसका डिफेन्डरले क्लिअर गरिदिए।