विश्वकप छनोट: अर्जेन्टिनाले पाराग्वेलाई हरायो

विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको छ।

काठमाडौँ– फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेको छ। 

शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो। 

अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। 

यससँगै अर्जेन्टिनाले लगातार तेस्रो जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ। अर्जेन्टिनाको ३ खेलबाट ९ अंक छ। 

समान खेलबाट ७ अंक जोडेको ब्राजिल दोस्रो स्थानमा छ।