काभा भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल साउदीसँग पराजित

नेपाल काभा पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा साउदी अरबसँग पराजित भएको छ।

काठमाडौँ– नेपाल काभा पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा साउदी अरबसँग पराजित भएको छ। कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालद साउदीसँग ३–२ को सेटमा पराजित भएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा नेपाल २२–२५ अंकले पराजित भयो। तर, दोस्रो सेटमा नेपालले २५–२१ अंक साथ खेलमा पुनरागमन गर्‍यो।

तेस्रो सेट नेपालले २३–२५ ले गुमायो। तर, चौथो सेट २७–२५ ले जित्दै नेपालले खेल पाँचौँ सेटसम्म पुर्‍यायो। पाँचौँ तथा निर्णायक सेटमा नेपाल १६–१४ ले पराजित भयो।

नेपालले यसअघिका ३ खेलमा २ जित र १ हारको नतिजा हासिल गरेको थियो। बंगलादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा हराएको नेपाल आयोजक श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

साउदीले भने श्रीलंका र उज्वेकिस्तानसँग समान ३–० को जित हासिल गरेको थियो। तर, बंगलादेशसँग भने साउदी ३–२ को सेटमा पराजित भएको थियो।