बहराइनले दियो नेपाललाई ७८ रनको लक्ष्य, दीपेशको ६ विकेट

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भयो।

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ। 

स्पिनर दीपेश कँडेलले ६ विकेट लिएपछि बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भयो। उनले ९.५ ओभरमा मात्र ४ रन खर्चिए।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए। उनले ७७ बलमा २ चौका र २ छक्का प्रहार गरे। बहराइनका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए।