इन्धनको मूल्य बढेका कारण भाडादर बढेको र सम्भावित कालोबजारी रोक्न सम्बन्धित निकायसँग छलफल गर्ने पर्यटनमन्त्री किराँतीको भनाइ छ।
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म जहाज खरिद गर्ने बताएका छन्।
आइतबार चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाउन आएका विद्यार्थीसँग उनले दशैँ अगावै जहाज खरिद प्रक्रिया शुरू गर्ने बताएका हुन्।
“हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ, यो वर्षमा ९–१० वटा जहाज थप्ने योजना छ,” उनले भने, “नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसंगतिमाथि हस्तक्षेप हुनसक्छ। निगममा जहाज थप्नुको विकल्प नै छैन।”
इन्धनको मूल्य बढेका कारण भाडादर बढेको र सम्भावित कालोबजारी रोक्न सम्बन्धित निकायसँग छलफल गर्ने उनको भनाइ थियो।
“अहिले इन्धनको मूल्य तेब्बरले बढेको छ। स्वाभाविक रूपमा ३५ प्रतिशत भाडादर बढेको छ। भ्याट पनि १३ प्रतिशत जोडियो,” उनले भने, “टिकट ६ हजारमा किनेर १० हजारमा बेच्ने यो कुरामा भोलि नै सबैसँग छलफल गरेर मन्त्रालयले वक्तव्य जारी गर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
