बहराइनले दिएको ७८ रनको विजयी लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ।
मलेसियाको बायोमास ओभलमा बहराइनले दिएको ७८ रनको विजयी लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका देव खनाल र अर्जुन कुमाल समान ३२–३२ रनमा नटआउट रहे। देवले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, अर्जुनले ३१ बलमा ५ चौका प्रहार गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यसअघि स्पिनर दीपेश कँडेलले ९.५ ओभरमा ४ रन खर्चिएर ६ विकेट लिएपछि बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भयो।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए। उनले ७७ बलमा २ चौका र २ छक्का प्रहार गरे। बहराइनका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए। यसअघि नेपालले इरानलाई २७४ रनले हराएको थियो।

लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ। समूह ‘ए’को शीर्षस्थानमा रहेको नेपालले बिहीबार साउदी अरेबियासँग खेल्नेछ।
उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
