विश्वकप क्रिकेट: अफगानिस्तानसँग इंग्ल्यान्ड पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इंग्लयान्डलाई पराजित गरेको छ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इंग्लयान्डलाई पराजित गरेको छ। अफगानिस्तानले इंग्लयान्डलाई ६९ रनले पराजित गरेको हो।

भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८४ रनको योगफल बनायो। २८५ रनको विजय लक्ष्य पछ्याएको इंग्लयान्डको पारी २१५ रनमा समेटियो।

इंग्लयान्डका लागि ह्यारी ब्रुकले ६६, डेविड मलानले ३२, आदिल रशिदले २०, मार्क वुडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले १०/१० रन बनाए।

बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले तीन/तीन तथा मोहम्मद नवीले दुई विकेट लिए।

यसअघि अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए। उनले ५७ बलमा आठ चौका र चार छक्का हाने। गुरबाज र इब्राहिम जद्रानले ११४ रनको साझेदारी गरे। यस क्रममा इब्राहिमले २८ रन जोडे। यस्तै इक्रम अलीखिलले ५८ रन बनाए। उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

यस्तै मुजिब उर रहमानले २८ रन बनाए। उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने। राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए।

बलिङतर्फ इंग्लयान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए।