नर्वेलाई हराउँदै स्पेन युरोकपमा छनोट

पहिलो हाफ बराबरीमा सकिएको खेलमा स्पेनले दोस्रो हाफको शुरूमै गोल गर्‍यो। ४९औँ मिनेटमा स्पेनका गाभीले गोल गर्दै अग्रता दिलाएका थिए।

युरोकप छनोटमा स्पेन विजयी बनेको छ। गएराति समूह 'ए'को खेलमा स्पेनले नर्वेलाई १–० गोल अन्तरले हराउँदै युरोकप २०२४ को लागि आफ्नो स्थान पक्का गरेको हो। 

पहिलो हाफ बराबरीमा सकिएको खेलमा स्पेनले दोस्रो हाफको शुरूमै गोल गर्‍यो। ४९औँ मिनेटमा स्पेनका गाभीले गोल गर्दै अग्रता दिलाएका थिए।

गएरातिको नतिजासँगै समूह 'ए'मा स्पेन र स्कटल्याण्ड ६ खेलबाट समान १५ अंकका साथ तालिकाको शीर्ष दुईमा रहेका छन् भने नर्वे १० अंकसहित तेस्रो स्थानमा छ। यसैगरी जर्जिया ७ अंकसहित चौथो स्थानमा छ। साइप्रसले ७ खेल खेल्दा कुनैमा पनि जित निकाल्न सकेको छैन। सन् २००० को युरोमा सहभागी नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौका पाउनेछ।

समूह 'ए' बाट स्पेन र सक्टल्यान्डले युरोकपमा स्थान बनाएका छन्।