टी–२० र एक दिवसीय दुवै 'फर्म्याट'मा अहिले केही फेरबदल गर्न लागेको क्यानले जनाएको छ।
काठमाडाैँ– घरेलु मैदानमा यूएई र हङकङसँग हुने टी–२०आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो।
टोलीमा रोहितसँगै विकेट किपर तथा ब्याट्सम्यान आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिशी, ललितनारायण राजवंशी र विनोद भण्डारीले निरन्तरता पाएका छन्। यस्तै, टोलीमा अभिषेक बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकालले पुनरागमन गरेका छन्। यद्यपी, ब्याट्म्यान भीम सार्की र आरिफ शेख भने टोलीमा पर्न सकेनन्। नेपाली राष्ट्रिय टोली छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार भीम र आरिफलाई एक दिवसीय टोलीमा निरन्तरता दिन खोजिएको बताए। पछिल्ला खेलमा स्ट्राइक रेट कम भएको कारण पनि उनीहरूलाई टी–२० टोलीमा समेट्न नसकिएको बताए।
“त्यस्तो ठूलो कारण त केही होइन। तर, उहाँहरूलाई हामी एक दिवसीय टोलीका लागि हेरिरहेका छौँ। उहाँहरूको स्ट्राइक रेट तलै थियो,” चौधरीले उकालोसँग भने। आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको तयारीस्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। नेपाली टोलीले विश्वकप छनोटका लागि इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा समेत प्रशिक्षण गरेको थियो। प्रशिक्षणमा भीम र आरिफसहित २४ खेलाडी थिए। टी–२० र एक दिवसीय दुवै फर्म्याटमा अहिले क्यानले केही फेरबदल गर्न लागेको संयोजक चौधरीले जानकारी दिए।
“हामीसँग २४/२५ जना खेलाडी छन्। अहिले एक दिवसीयमा १४/१५ जना नियमित खेलिरहनु भएको छ। अन्य खेलाडीले भने खेल्ने अवसर पाउनु भएको छैनन्। सबैलाई रोटेड गरिरहे भविष्यमा राम्रो हुन्छ,” उनले भने। यद्यपी टी–२० का लागि उपयुक्त हुने खेलाडी अहिले छनोट गरिएको उनले बताए। त्यसैले स्क्वाड पनि ठूलो बनाइएको उनको भनाइ छ।
“१८ जनाको टोली अहिले घोषणा गरेका छौँ। त्रिकोणात्मक सिरिजपछि टी–२० का लागि को प्रभावकारी हुन्छ भनेर हेर्न पनि सजिलो हुन्छ। त्यहीबाट विश्वकप छनोटको लागि अन्तिम टोली घोषणा गर्छौँ,” उनले भने।
मूलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि खेल तालिका सार्वजनिक भइसकेको छ।
सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्ने छ। खेल अक्टोबर १८ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ। नेपाले दोस्रो खेल सोही मैदानमा अक्टोबर १९ मा हङकङसँग खेल्ने छ। खेल बिहान ११ बजे शुरू हुने छ। नेपालले तेस्रो खेल हङकङसँग अक्टोबर २१ मा मुलपानीमै खेल्ने छ। उक्त खेल बिहान ११ बजे शुरू हुने छ।
यस्तै, नेपालले अन्तिम खेल अक्टोबर २३ मा यूएईसँग खेल्ने छ। मूलपानीमै हुने खेल बिहान ११ बजे शुरू हुने छ। एकअर्काविरुद्ध २–२ खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। फाइनल खेल अक्टोबर २७ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे शुरू हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
