अस्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो।
काठमाडौँ– भारतमा जारी आईसीसी विश्वकपमा अस्ट्रेलियाले पहिलो जित दर्ता गरेको छ। अस्ट्रेलियाले सोमबार श्रीलंकालाई ५ विकेटले हराएको हो।
जितका लागि पाएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। अस्ट्रेलियाका जोश इंग्लिसले ५९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए।
मिचेल मार्शले ५१ बलमा ९ चौका ५२ रनको योगदान दिए। ग्लेन म्याक्सवेल २१ बलमा ४ चौका र २ छक्कासहित ३१ तथा मार्कस स्टोइनिस १० बलमा २ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे। मार्नस लाबुसेनले ६० बलमा २ चौकासहित ४० रन बनाए।
श्रीलंकाका दिलशान मदुशानकाले ३ तथा दुनिथ वेलालागेले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भएको थियो। श्रीलंकाका कुशल परेराले सर्वाधिक ७८ रन बनाए। उनले ८२ बलमा १२ चौका हाने। पाथुम निसांकाले ६७ बलमा ८ चौकासहित ६१ रन बनाए। चरिथ असलंका ३९ बलमा १ छक्कासहित २५ रनमा आउट भए।
अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए। प्याट कमिन्स र मिचेल स्टार्कले समान २–२ विकेट लिए। ग्लेन म्याक्सवेलका नाममा १ विकेट रह्यो
अस्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो।
श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग १०२ र दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
