नेपाल अब दोस्रो चरणको समूह ‘एच’ मा यूएई, यमन र बहराइनसँग खेल्ने छ। समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्।
काठमाडौँ– घरेलु टोली लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा पुगेको छ।
वियनतियानेस्थित राष्ट्रिय रंगशालामा मंगलबार सम्पन्न पहिलो चरणअन्तर्गत दोस्रो लेगमा लाओसलाई १–० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो।
नेपालले समग्रमा २–१ को जित हासिल गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो। मंगलबार नेपाललाई जित दिलाउन मनिष डाँगीले गरेको एक मात्र गोल निर्णायक बन्यो।
उनले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए। उनले अञ्जन विष्टको पासलाई सदुपयोग गरेका थिए।
नेपाल दोस्रो चरणको समूह ‘एच’ मा यूएई, यमन र बहराइनसँग खेल्ने छ। दोस्रो चरणमा एकअर्कासँग ‘होम एन्ड अवे’का आधारमा प्रतिस्पर्धा गर्ने छन्। समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
