टी–२० त्रिकोणात्मक सिरिज आजदेखि: नेपालले यूएईसँग खेल्दै

टी–२० आईमा नेपालले यूएईसँग हालसम्म पाँच खेल खेलेको छ। जसमा यूएईले तीन नेपालले दुई खेल जितेको छ।

काठमाडौँ– नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० त्रिकोणात्मक सिरिज बुधबार काठमाडौँमा शुरू हुँदैछ।

आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारी स्वरूप आयोजना गरिएको सिरिजका खेल काठमाडौँस्थित मूलपानी र त्रिवि क्रिकेट रंगशालामा हुनेछन्। 

पहिलो खेलमा बुधबार घरेलु टोली नेपाल र यूएई भिड्दैछन्। उक्त खेल दिउँसो १ बजे मूलपानीमा शुरू हुनेछ। टी–२० आईमा यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा भएको टी–२० विश्वकप छनोटमा आमनेसामने भएका थिए। जसमा यूएई ६८ रनले विजयी भएको थियो। 

टी–२० आईमा नेपालले यूएईसँग हालसम्म पाँच खेल खेलेको छ। जसमा यूएईले तीन नेपालले दुई खेल जितेका छन्। 

नेपाले दोस्रो खेल मूलपानीमा नै कात्तिक २ गते हङकङसँग खेल्ने छ। उक्त खेल बिहान ११ बजे शुरू हुने छ। नेपालले तेस्रो खेल पनि हङकङसँग कात्तिक ४ गते मुलपानीमा नै खेल्ने छ। उक्त खेल बिहान ११ बजे शुरू हुने छ। 

यस्तै, नेपालले अन्तिम खेल कात्तिक ६ मा यूएईसँग खेल्ने छ। मूलपानीमा नै हुने खेल बिहान ११ बजे शुरू हुने छ। एकअर्काविरुद्ध २–२ खेल खेलेपछि शीर्षस्थानमा रहने दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। 

फाइनल खेल कात्तिक १ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि हुने छ।