त्रिकोणात्मक सिरिज: नेपालले टस जितेर फिल्डिङ रोज्यो, श्यामको डेब्यु

काठमाडौँको माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्। 

काठमाडौँ– टी–२० त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्। यही खेलबाट नेपालका श्याम ढकालले डेब्यु गरेका छन्। खेल दिउँसो १ बजे शुरू भएको छ।

नेपालको टोलीमा कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशनकुमार झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र श्याम ढकाल रहेका छन्।