बुधबार सम्पन्न उद्घाटन खेलमा पाहुना टोली यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
काठमाडाैँ– कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा विजयी शुरूआत गरेको छ। बुधबार सम्पन्न उद्घाटन खेलमा पाहुना टोली यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
यूएईले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै १४४ रन बनायो। नेपालका लागि कप्तान रोहितले अविजित रहँदै ५१ रन बनाए। ४० बल खेलेका उनले ५ चौका प्रहार गरे।
यस्तै, दीपेन्द्रसिंह ऐरीले २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए। चौथो विकेटका लागि रोहित र दीपेन्द्रले अविजित ९३ रनको साझेदारी गरेका थिए। यसैगरी ओपनर आसिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाए।
यूएईका निलान्श केसवानी र अलीनासरले समान एक/एक विकेट लिए। त्यसअघि माथिल्लो मुलापानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
यूएईका बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। उनले ३८ बलमा ४ छक्का र १ चौका प्रहार गरे। यूएईका अली नासिर ३२, कप्तान मोहम्मद वासिम १७ र आसिफ खानले १५ रन बनाए। नेपालका करण केसीले ३ र गुल्सनकुमार झाले २ विकेट लिए। सोमपाल कामी र अविनाश बोहराको नाममा १/१ विकेट रह्यो।
नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
