न्युजिल्यान्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सबै विकेट गुमाएर १३९ रनमा समेटियो।
आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरका साथ हराएको छ। भारतको चेन्नाईमा बुधबार भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई १४९ रनले पराजित गर्दै लगातार चौथो जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको छ।
न्युजिल्यान्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सबै विकेट गुमाएर १३९ रनमा समेटियाे। यसअघिको खेलमा अफगानिस्तानले इंग्ल्यान्डलाई पराजित गरेकाे थियाे।
अफगानिस्तानका रहमत साहले सर्वाधिक ३६ रन बनाउँदा अजमतुल्लाह ओमरजाइले २७ रन बनाए। त्यसैगरी इकरम अखिलले १९ रन, इब्राहिम जर्दाले १४ रन र रमनुल्लाह गुर्वाजले ११ रन बनाए।
न्यूजिल्याण्डका मिचेल सेन्टनर र लोकी फर्गुसनले तीन/तीन विकेट लिए। यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिए।
पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएकाे थियाे। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रन, कप्तान टम लाथमले ६८ रनको पारि खेले। यसैगरी विल योङले ५४ रन, रेचिन रविन्द्रले ३२ तथा मार्क चापम्यानले २५ रनको नटआउट पारि खेलेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
