साउदी अरबलाई हराउँदै नेपाल सेमिफाइनलमा

 नेपालका दीपेश कँडेलले ६ विकेट लिए। आकाश चन्दले २ तथा सुवास भण्डारीका नाममा १ विकेट रह्यो। 

काठमाडौँ– नेपाल एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार सम्पन्न खेलमा नेपालले नेपालले साउदी अरबलाई ३०१ रनले पराजित गरेको छ। 

मलेसियाको वाईएसडी युकेएम ओभलमा ३४८ रनको विजयी लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रनमा अलआउट भयो।

साउदीका बरुन सरभनमले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका दीपेश कँडेलले ६ विकेट लिए। आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.५ ओभरमा ७ विकेट गुमाउँदै ३४७ रन बनायो।

नेपालका अर्जुन कुमालले कीर्तिमानी शतक प्रहार गरे। उनले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन बताए।

उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका छन्। आकाशले त्रिपाठी ९८ बलमा ६ चौका र २ छक्कासहित ८९ रन बनाउँदै आउट भए।

दीपक बोहरा ३७ बलमा २ चौका र २ छक्कासहित २९ रन बनाए। यस्तै, दीपक डुम्रेले १४, दीपेश कँडेलले १४ र विशाल विक्रम केसीले २४ रन बनाए।

साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले २–२ विकेट लिए।