यू–१९ एसीसी प्रिमियर कप: जापानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

मलेसियाको बायोमास ओभलमा भएको टसमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्। 

काठमाडौँ– एसिसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानसँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। 

मलेसियाको बायोमास ओभलमा भएको टसमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्। 

नेपाल समूह ‘ए’ र जापना समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन्।

जापान हङकङ, इन्डोनेसिया र मलेसियालाई हराउँदै सेमिफाइनल पुगेको हो। नेपालले भने इरान, बहराइन र साउदी अरबलाई हराएको थियो।

फाइनल मंगलबार हुनेछ। फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोलीले डिसेम्बरमा हुने एशिया कप खेल्न पाउनेछन्।