नेपालले हङकङविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्दै

आजको खेलमा विजयी भए नेपालले एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ।

काठमाडौँ– काठमाडौँमा जारी एसीसी टी–२० त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङविरुद्ध टस जितेको छ। 

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्। 

सिरिजका यसअघिका दुवै खेलमा नेपालले पहिले फिल्डीङ गर्ने निर्णय लिएको थियो। 

खेल बिहान ११ बजे शुरू भएको छ। उक्त खेलबाट नेपालका लागि प्रतिस जिसीले डेब्यु गरेका छन्। त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन्। 

अभिनाश बोहरा र श्याम ढकाललाई विश्राम दिइएको छ। आजको खेलमा विजयी भए नेपालले एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ।