नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो।
काठमाडाैँ– हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो। हङकङका यानशे रथले सर्वाधिक ४५ रन बनाए। बाबर हायातले २० तथा अजिज खानले २५ रन बनाए।
बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले २/२ तथा दीपेन्द्रसिंह ऐरी र प्रतिस जिसीले १/१ विकेट लिए।
काठमाडाैँको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। नेपालका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरे। उनले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ्स खेले। नेपालका आशिफ शेख २०, रोहितकुमार पौडेल ११, सोमपाल कामी ८ तथा कुशल भुर्तेल २ रनमा आउट भए।
हङकङका लागि मोहमद घजन्फ़रले २ तथा आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
