नेदरल्यान्ड्सले दिएको २६३ रनको लक्ष्य श्रीलंकाले ४८. २ ओभरमा ५ विकेट गुमाएर भेटायो।
काठमाण्डौ– आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाले पहिलो जित हात पारेको छ।
शनिबार लखनउमा भएको खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो। नेदरल्यान्ड्सले दिएको २६३ रनको लक्ष्य श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाएर भेटायो। श्रीलंकाका सदीरा समाराविक्रमाले नटआउट ९१ रन बनाए। त्यस्तै ओपनर पथुम निसांकाले ५४ र चारिथ असलंकाले ४४ रन बनाए। बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्तले ३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले ७० तथा लोगन भानविकले ५९ रन बनाएका थिए। श्रीलंकाका लागि दिल्सान मधुसांका र कासुन रजिथाले ४/४ विकेट लिए।
यो जितसँगै श्रीलंका ४ खेलमा २ अंकसहित नवौँ स्थानमा प्रवेश गरेको छ। नेदरल्यान्ड्स पनि ४ खेलमा २ अंकसहित नेट रनरेटको आधारमा आठौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
