दक्षिण अफ्रिकाले दिएको चारसय रनकाे लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७० रन बनाउन सक्यो।
भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २२९ रनको ठूलो अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले सात विकेट गुमाएर ३९९ रन बनाएको थियो। अफ्रिकी इनिङ्समा हेनरी क्लासेनले शतक बनाए। यस्तै, रिज हेन्ड्रिक्सले ८५, भान्डर डन्से ६० र मार्को जान्सन नटआउट ७५ रन बनाए।
दक्षिण अफ्रिकाले दिएको चारसय रनकाे लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७० रन बनाउन सक्यो। इंग्ल्याण्डका लागि मार्क वुडले ४३ तथा गुस एट्किन्सनले ३५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै ठूलो योगदान दिन सकेनन्। दक्षिण अफ्रिकाका लागि जेलाल्ड कोटजीले ३ तथा लुंगी एनगिडी र मार्को यानसेनले दुई–दुई विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
