प्रिमियर लिग: चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी

शनिबार राति सम्पन्न खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा नसक्दा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको छ।

काठमाडौँ– इङ्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलले रोमाञ्चक बराबरी खेलेका छन्।

शनिबार राति सम्पन्न लन्डन डर्बीमा दुई गोलको अग्रता जोगाउन नसक्दा नसक्दा चेल्सी २–२ को बराबरीमा रोकिएको हो।

घरेलु टोली चेल्सीका लागि कोल पालमर र मुखाएलो मुड्रीकले गोल गरे। आर्सनलका डेकलन राइस र लियान्ड्रो ट्रोसार्डले गोल फर्काएका थिए। 

खेलको १५औँ मिनेटमा नै चेल्सीले पेनाल्टीमार्फत अग्रता लिएको थियो। ४८औँ मिनेटमा मुड्रीकले गोल गर्दै अग्रता दोब्बर पारे। 

७७औँ मिनेटमा आर्सनलका राइसले गोल खेलमा फर्किने संकेत दिए। ८४औँ मिनेटमा ट्रोसार्डले खेललाई बराबरीमा ल्याए। बराबरीपश्चात् आर्सनल ९ खेलमा २१ अंकसहित दोस्रो स्थानमा छ।

चेल्सी भने समान खेलमा १२ अंक जोड्दै १०औँ स्थानमा छ।