यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

नेपालका सोमपाल कामी र अविनाश बोहराले २–२ तथा गुल्शन झा र करण केसीले १–१ विकेट लिए।

काठमाडौँ– काठमाडौँको मूलपानी क्रिकेट मैदानमा जारी एसीसी टी–२० त्रिकोणात्मक सिरिजमा यूएईले नेपालसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको हो।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले सर्वाधिक ४५–४५ रन बताए। 

नेपालका सोमपाल कामी र अविनाश बोहराले २–२ तथा गुल्शन झा र करण केसीले १–१ विकेट लिए।