त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ। योसँगै नेपालले लगातार चौथो जित निकालेको छ।
काठमाडाैँ– त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ। योसँगै नेपालले लगातार चौथो जित निकालेको छ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेख ५० बलमा ६२ रन बनाएर आउट भए। यस्तै कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए। बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो। यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए। नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए।
नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ। नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले अर्को खेलमा हङकङलाई दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।
अब शृङ्खलाअन्तर्गत समूहको अन्तिम खेल बुधबार हङकङ र यूएईबीच हुनेछ। त्यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ। फाइनल खेल आउँदो शुक्रबार हुनेछ।
एक खेल अगाडि नै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जितसहित ८ अंक जोडेको छ। यूएईको ३ खेलबाट २ अंक र हङकङ अंकविहीन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
