यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

नेपालले सेमिफाइनल खेलमा जापानलाई तथा यूएईले सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। 

मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालका कप्तान देव खनालले जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले सेमिफाइनल खेलमा जापानलाई तथा यूएईले सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

खेल बिहान सवा ७ बजे शुरू भएको छ। दुवै टोलीले यू–१९ एशिया कपमा स्थान पक्का गरिसकेका छन्। 

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एशिया कपमा स्थान बनाएको छ।