देवको शतकमा उपाधि जित्न नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

नेपालका कप्तान देव खनालले १०० रनको शतकीय इनिङ्स खेले। उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

काठमाडौँ– कप्तान देव खनालको शतकप्रेरित नेपालले यू–१९ प्रिमियर कपको उपाधि जित्न यूएईलाई २८१ रनको लक्ष्य दिएको छ।

मलेसियामा जारी फाइनलमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको हो। नेपालका कप्तान देव खनालले १०० रनको शतकीय इनिङ्स खेले।

उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। उत्तम थापामगरले ६७ बलमा ४ चौका र १ छक्कासहित महत्वपूर्ण ५७ रन जोडे।

ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए। दीपक डुम्रेले ३० बलमा २ चौका र १ छक्कासहित २८ रन बताए।

दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहे। यूएईका हरित शेठ्ठीले सर्वाधिक ५ तथा  कप्तान आयन खानले २ विकेट लिए।