क्रिस्टियानो रोनाल्डोको २ गोलमा अल–नासर विजयी

जितपछि नासर तीन खेलमा तीन जितसहित समूह ‘ई’को शीर्षस्थानमा छ। एक बराबरी र दुई हारसहित दुहाइल तेस्रो स्थानमा छ।

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको नल–नासरले साउदी प्रो लिगमा अल–दुहाइललाई पराजित गरेको छ। 

रोनाल्डोको दुई गोलको मद्दतमा अल–नासर ४–३ गोलअन्तरले विजयी भएको हो। 

मंगलबार राति भएको खेलमा टालिस्काको गोलबाट २५औँ मिनेटमा नासरले अग्रता लिएको थियो। ५६औँ मिनेटमा साडियो मानेले अग्रता दोब्बर पारे। क्रिस्टियानो रोनाल्डोले ६१औँ मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्‍याए। 

६३औँ मिनेटमा दुहाइलका इस्माइल मोहम्मदले एक गोल फर्काए। अल्मोएज अलीले ६७औँ मिनेटमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। रोनाल्डोले ८१‍‍औँ मिनेटमा थप एक गोल गरे। दुहाइलका मिचेल ओलुंगाले ८५औँ मिनेटमा गोल गरे पनि त्यो जितका  लागि पर्याप्त भएन। 

जितपछि नासर तीन खेलमा तीन जितसहित समूह ‘ई’को शीर्षस्थानमा छ। एक बराबरी र दुई हारसहित दुहाइल तेस्रो स्थानमा छ।