उपाधि बाेकेर स्वदेश फर्कियाे यू–१९ क्रिकेट टाेली

 मलेसियामा सम्पन्न खेलमा विजयी नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।

काठमाडाैँ– एसीसी यू–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ। मलेसियामा सम्पन्न खेलमा विजयी टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।

 टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। मलेसियामा भएको खेलमा नेपालले यूएईलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो। प्रतियोगिताभर पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो। 

उपाधि विजेता नेपाल, उपविजेता यूएई र तेस्रो भएको जापान आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने एशिया कपको लागि छनोट भएका छन्।