विश्वकप क्रिकेट २०२३ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।
काठमाडौँ– विश्वकप क्रिकेट २०२३ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। जारी खेलमा इंग्ल्यान्डको यो चौथो पराजय हो।
बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा बिहीबार टस जितेर पहिला ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले ३३.२ ओभरमा १५६ रन बनाउँदै अलआउट भयो।
इंग्ल्यान्डका लागि बेन स्टोकले बनाएको ४३ रन नै सबैभन्दा ठूलो स्कोर रह्यो। अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका बलहरू लहिरु कुमार ३ विकेट र कुसन रजिथा र एन्जोलो म्याथ्युजले समान दुई/दुई विकेट लिए।
१५७ रनको लक्ष्य श्रीलंकाले २५.४ ओभरमा पूरा गर्यो। पथुम निसान्काले ७७ रन जोडे। उनले ८३ बल खेले। त्यस्तै, सदीपार समरविक्रमले ५४ बलमा ६५ रन बनाए।
यो नतिजासँगै पाँच खेल खलेको इंग्ल्यान्ड एक जित र चार पराजयका साथ दुई अंकमा सीमित छ। श्रीलंकाले समान पाँच खेलमा दुई जित र तीन पराजयपछि चार अंक बटुलेको छ। वर्ल्ड कपको अंकतालिकामा श्रीलंका चौथो नम्बरमा उक्लिँदा इंग्ल्यान्ड नवौँ नम्बरमा झरेको छ।
श्रीलंकाले सेमिफाइनल पुग्ने झिनो सम्भावना जीवितै राख्दा इंग्ल्यान्डको प्रदर्शन कमजोर देखिएको छ। यद्यपि, इंग्ल्यान्ड पूर्णरूपमा खेलबाट बाहिरिएको भने छैन। ऊसँग टप–४ मा पुग्ने केही अवसर छन्। इंग्ल्यान्डले अब खेल्न चार खेल बाँकी छन्। यस्तो अवस्थामा इंग्ल्यान्डले आगामी सबै खेल जितेमा १० अंक बटुल्न सक्छ। त्यस्तै, इंग्ल्यान्डलाई टप–४ मा पुग्ने यात्रामा अन्य टोलीको प्रदर्शनले निर्भर गर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
