त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र यूएई खेल्दै

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरू हुने छ।

काठमाडाैँ– काठमाडाैँमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा शुक्रबार नेपाल र यूएई खेल्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

शृंखलामा चारवटै खेल जितेर नेपाल फाइनलमा पुगेको हो। नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई भने रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो। उसले हङकङलाई १ खेलमा हराएको थियो। बुधबार भएको अर्को खेलमा हङकङले यूएईलाई ६९ रनले हराए पनि नेट रनरेटका कारण हङकङ फाइनलमा पुग्न सकेन।

नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको आयोजना गरेको हो।