नेपालद्वारा यूएईलाई १६३ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १६२ रन बनाएको हो।

काठमाडाैँ– त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको हो। नेपालको तर्फबाट कुशल भुर्तेलले २९ बलमा ५० रन बनाएर आउट भए । यस्तै करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ रन जोडे।

बलिङतर्फ यूएईका आयन अफजल खानले ३ तथा अली नसीर र जहूर खानले २२ विकेट लिए।