दक्षिण अफ्रिकाले १६ बल बाँकी रहँदै ४७.२ ओभरमा पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ।
विश्वकप क्रिकेटको २६ औँ खेलमा दक्षिण अफ्रिकाले १६ बल बाँकी रहँदै ४७.२ ओभरमा पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ। पाकिस्तानले पहिले ब्याटिङ गर्दै २७० रन बनाएको थियो।
यो खेल अन्तिम क्षणसम्म निकै रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाका ब्याट्सम्यान ए मार्करामले ९३ बलमा सर्वाधिक ९१ रन बनाए। त्यस्तै, डेभिड मिलरले २९ रन तथा कप्तान तेम्बा बाभुमाले २८ रनको योगदान दिए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा ह्यारिस राउफ, मोहम्मद वसिम र उस्मा मिरले २–२ विकेट लिए ।
पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद शकीलले अर्धशतक बनाए भने शादाब खानको ४३ रन र मोहम्मद नवाजको २४ रनको सहयोगमा टोली २७० रनमा पुग्न सफल भएको थियो।
दक्षिण अफ्रिकाका लागि मार्को जेन्सेनले तीन तथा तबरेज शम्सीले चार विकेट लिए। पाकिस्तानका लागि अर्धशतक प्रहार गर्ने दुवै खेलाडीलाई शम्सीले प्याभिलियन फर्काए।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। लेग स्पिनर उसामा मीर र फास्ट बलर हसन अली पाकिस्तानी टिमबाट बाहिरिए। यी दुईको स्थानमा मोहम्मद नवाज र मोहम्मद वासिम जुनियरलाई प्लेइङ इलेभेनमा समावेश गरिएको थियो।
पाकिस्तानी टोलीले पाँच खेलमध्ये दुई खेल मात्रै जित्न सकेको छ। पाकिस्तानले अन्तिम खेलमा पनि अफगानिस्तानसँग हार बेहोरेको थियो ।
दक्षिण अफ्रिका १० अंकसहित आईसीसी विश्वकपको अंक तालिकाको शीर्ष स्थानमा छ। भारत १० अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान चार अंकसहित छैटौं स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
