टी–२० विश्वकपको एशिया छनौटका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।
काठमाडौँ– टी–२० विश्वकपको एशिया छनौटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानमा १५ सदस्यीय खेलाडी छनोट गरेको हो।
लेग स्पिनर सन्दीप लामिछानेले टोलीमा पुनरागमन गरेका छन्। उनले व्यक्तिगत कारण देखाउँदै नेपाल, यूएई र हङकङकबीचको त्रिदेशीय खेल खेलेका थिएनन्। प्रशिक्षक मोन्टी देशाईले सन्दीपसँगै विवेक यादवलाई पनि टोलीमा पुनरागमन गराएका छन्। अनुभवी विनोद भण्डारी पनि टोलीमा समावेश छन्। अन्य खेलाडी भने पुरानै अनुहार हुन्।
टिममा रोहित, सन्दीप, विनोद र विवेकसँगै टोली कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी टिममा समावेश छन्।
आईसीसी पुरुष विश्वकप छनोटको एशिया छनोट यही कार्तिक १३ गतेदेखि नेपालमा हुँदैछ। ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
