विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको दोस्रो जित, बंगलादेश ८७ रनले पराजित

जारी विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो। जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ।

आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको २३० रनको लक्ष पछ्याएको बंगलादेश ४२.२ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा समेटियो।

बंगलादेशका मेहदी हसनले सर्वाधिक ३५ रन बनाउँदा मुस्तिफिजुर रहमान र मुस्फिकुर रहिमले २०/२० रन बनाए। अन्य ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। नेदरल्यान्ड्सका पौल भान मेकरेनले सर्वाधिक ४ विकेट र बास डी लिडले २ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले अर्धशतकीय पारि खेले।

जारी विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो। जितसँगै नेदरल्याण्ड तालिकाको आठौँ स्थानमा उक्लिएको छ भने पराजित भएको बंगलादेश नवौँ स्थानमा पुगेको छ।